२०८१ असोज ५ गते शनिवार

करम्दी सामुदायिक वनमा भिषण डढेलो

ओमप्रकाश गुप्ता,
भालुवाङ,बैशाख २ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टीमा रहेको करम्दी सामुदायिक वनमा भिषण आगलागी भएको छ । सोमवार विहान ११ः३० बजेबाट सुरु भएको आगो अझैं नियन्त्रणमा आएको छैन ।

आगो लागेको थाहा पाउने वित्तिकै सामुदायिक वनका पदाधिकारी र उपभोक्ता आगो नियन्त्रणका लागि त्यस तर्फ गएपनि आगो लागेको ठाउँसम्म पुग्न नसकेर फर्केको सामुदायिक वनकी अध्यक्ष सरस्वता पोख्रेलले जानकारी दिइन ।

भौगोलिक विकट र पहाडी चुरे क्षेत्र हरेको क्षेत्रमा आगो लागेकाका कारण बारुणयन्त्र समेत जान सक्ने अवस्था नरहेको अध्यक्ष पोख्रेलले बताइन् । सोमवार आगो निभाउन संभव नभएपनि मंगलवार विहानै उपभोक्ता, प्रहरी प्रशासन सहितको टोली आगो निभाउनका लागि जाने तयारी गरिएको अध्यक्ष पोख्रेलले बताइन् ।

आगो करिव १० विगाह क्षेत्रफलमा फैलिएको छ । आगलागीबाट बोट विरुवा, जडीबुटी जलेर नष्ट भएका छन् । आगो समयमै नियन्त्रण नगर्ने हो भने छिमेकी सामुदायिक वनसम्म फैलिन खतरा रहेको छ । आगो लाग्नुको कारण भने खुल्न सकेको छैन । जिल्लामा वन डढेलो नियन्त्रण सम्बन्धि थुप्रै कार्यक्रम भएपनि त्यो प्रभावकारी भने हुन सकेको छैन ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *