२०७७ माघ १२ गते सोमवार

धर्नामा एक व्यक्ति मृत फेला

दाङ, वैशाख २ । दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ५५ बर्षीय भुपलाल विक रहेको प्रहरीले जानकारी दिएको छ । उनी धर्नास्थित सिसहिपुर खेतमा मृत अवस्थामा सोमवार दिउँसो फेला परेका हुन ।

प्रहरीका अनुसार विक चैत ३० गतेदेखि बेपत्ता भएका थिए । विकको शव पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको तथा घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *