२०८१ भाद्र २३ गते आइतवार

हेलिकोप्टर बनाउन कस्सिएका घोरानेटीका युवाहरु

विकाश डाँगी,
दाङ, बैशाख २ । दाङका चारजना किशोरहरु हेलिकोप्टर बनाउन लागि परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ घोरानेटी निवासी ४ जना स्थानीय युवा मिलेर हेलिकप्टर बनाउन लागेका छन् ।  सानै उमेर देखी हेलिकोप्टर बनाउने चाहाना रहेको हुँदा अहिले मिलेर काम सुरु गरेको एकजना युवा सन्जु वली बताए । विगत डेढ महिनादेखि उनीहरु त्यही काममा तल्लिन रहेका छन् ।

उनीहरुले हालसम्म हेलिकोप्टरको वडी अर्थात बाहिरी भाग निर्माण गरिरहेको बताए । स्थानीय कमल खड्का, धुव्रविक्रम खड्का र तुलसीपुर ९ कट्कुइया निवासी ललित डाँगीले मिलेर हेलिकोप्टर बनाउन लागेको बताएका छन् ।

तुलसीपुर बजारदेखि झन्डै ६ किलोमिटर उत्तरतर्फ रहेको उक्त गाउँमा ४ युवाहरु मिलेर हेलिकप्टर बनाउन थाले पछि अहिले त्यो हेर्न जाने मानिसहरुको दिनहुँ भिड लाग्न थालेको छ ।

उनीहरुले निर्माण गरिरहेको हेलिकोप्टरमा ४ जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको वलीले बताए ।
हेलिकोप्टर निर्माणको लागि हालसम्म दुई लाख भन्दा बढी रकम खर्च भइ सकेको तथा आफुहरुलाई रकमको अभाव हुन थालेको एकजना युवा कमल खड्काले जानकारी दिए ।

आवश्यक सामाग्री तथा उकरणहरु खरिद गर्न रकम अभाव भएको हुँदा काम रोक्ने अवस्थामा आफुहरु पुगेको खड्काले बताए । खड्काका अनुसार हालसम्म उनीहरुलाई ईञ्जिन र होईड्रोलिक पंखाको आबश्यकता परेको छ । तर त्यो किन्ने रकम अभाव भएको हँुदा स्थानीय सरकारसंग माग गरिएको खड्काले बताए ।

हेलिकप्टर तयार गर्दासम्म कम्तिमा ६०÷७० लाख रुपैंया लाग्ने उनीहरुको अनुमान गरेका छन् । आल्मुनियम, फलाम लगाएत अन्य आवश्यक सामाग्रीहरु हेलिकोप्टर निर्माणमा प्रयोग गरिएको छ । उनीहरुले ती समानहरु जिल्ला बाहिरबाट ल्याउने गरेको जानकारी दिएका छन् । हेलिकोप्टर बनाउँछौं भन्दै स्कूले किशोरहरु लागिपरेको देखेर उनीहरुका अभिभावकले आश्चर्यमा परेका छन् । उनीहरुले पनि सञ्तानलाई सक्दो आर्थिक सहयोग गर्दै आएको बताए ।
कमल खड्काकी आमा विमला खड्काले आफनो छोरा र भतिजाहरुले हेलिकोप्टर बनाउँछौं भन्दै रातदिन लागि परेको देख्दा खुसी लागेको बताइन ।

‘बच्चाहरुको कला र सीपलाई अझ अघि बढाउन हौसला दिने गरेकी छु,’ खड्काले भनिन्‘हेलिकोप्टर बनाउन सक्ने आर्थिक हैसियत घर परिवारको छैन यसमा स्थानीय सरकारले सघाउनु पर्छ।’

किशोरहरुले बनाउँदै गरेको हेलिकोप्टर हेर्न गएका शान्तिनगर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष पिमलाल वलीले युवाहरुको क्षमता र सहासलाई उच्च सम्मान गर्नुपर्ने बताए । तर उनले हेलिकोप्टर बनाउने कुरा आँफैमा एउटा ठूलो चुनौति रहेको बताए । वडा अध्यक्ष वलीले युवाहरुले सम्वन्धित विज्ञहरुसंग सहकार्य गरे मात्रै हेलिकोप्टर निर्माण गर्न संभव हुने धारणा राखे । तर आफ्नै गाउँ ठाउँमा विद्यार्थीले निर्माण गर्न लागेको हेलिकोप्टर देख्दा आफु लगाएत सारा गाउँले खुसी रहेको पवन केसीले बताए । उनले युवाहरुलाई सबैले ढाडस दिै सक्दो सहयोग गर्नुपर्ने तर्क गरे ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *