२०८३ असार २९ गते सोमवार

लायन्स क्लव अफ दाङको अध्यक्षमा घिमिरे,लियोको अध्यक्षमा भुसाल

तुलसीपुर,असार १४ । लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङको वर्ष २०२३/०२४ का लागि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

लायन्स क्लव अफ दाङ वर्ष २०२३÷०२४ का अध्यक्षमा लायन भागवत घिमिरे चयन भएका छन । त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा बिनिल केसी,द्धतिय उपाध्यक्षमा लोकबहादुर विष्ट,तृतीय उपाध्यक्षमा पुर्ण भण्डारी,चौथो उपाध्यक्षमा गोरख बहादुर वलि,सचिवमा चन्दा श्रेष्ठ,कोषाध्यक्षमा कोमल डाँगी,सहसचिवमा गोपाल बहादुर रावत,सह–कोषाध्यक्षमा बिराज गिरी चयन भएका छन ।


त्यस्तै लियो क्लव अफ दाङको अध्यक्षमा यमकला भुसाल चयन भएकी छिन । उनी वर्ष २०२३÷०२४ का लागि अध्यक्षमा चयन भएकी हुन । त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा कविता केसी,द्धितिय उपाध्यक्षमा विपिन वलि,तृतिय उपाध्यक्षमा सनम लामिछाने,सचिवमा सत्यनारायण चौधरी,कोषाध्यक्षमा दिपा वलि र सहसचिवमा टेकराज भण्डारी चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा राजबाबु केसी,सनद जिरी,शैलेश डाँगी,मदन न्यौपाने, सत्य नारायण चौधरी,चादनी शार्म,सुनिल बाबु डाँगी लगाएतका रहेका छन । उक्त कार्यक्रम दुई चरणमा भएको थियो ।


पहिलो चरणको कार्यक्रम लायन्स क्लव अफ वर्ष २०२२÷०२३ का अध्यक्ष भोजराज न्यौपाने अध्यक्षता एवं सचिव पुर्ण भण्डारीले सञ्चालनमा भएकोे थियो । त्यसैगरी दोस्रो चरणको कार्यक्रममा वर्ष २०२३÷०२४ का अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा उनले पदाधिकारी र आफ्नो भावी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।


कार्यक्रममा पि.एम.जे.एफ लायन बिनोद कुमार श्रेष्ठले लायन्स र लियो क्लवहरु समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले क्लवले हरेक समुदायसँग सहकार्य गरेर गतिविधिहरु अगाडी बढाउनुपर्ने बताए । सो अवसरमा लायन टेकन कंडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण २०२३÷०२४ का सचिव चन्दा श्रेष्ठले गरेकी थिइन ।

विष्णु केसी पत्रकारिता पुरस्कारबाट भुसाल सम्मानित
यसैबिच कार्यक्रममा पत्रकार यमकला भुसाललाई सम्मान एवं पुरस्कृत गरिएको छ ।

लामो समयदेखि लियो क्लव अफ दाङ तुलसीपुरमा आवद्ध रही पत्रकारिता क्षेत्रको समृद्धि,विकास र उन्नयनका लागि पु¥याएको उच्च योगदानको मुल्याङ्क गर्दै लायन्स क्लव अफ दाङका संस्थापक लायन विनिल केसीद्धारा आफ्ना पिताको सम्झनामा स्थापना गरिएको लायन विष्णु केसी पत्रकारिता पुरस्कार २०८० बाट भुसाललाई सम्मान एवं पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *