२०८१ फाल्गुन ७ गते बुधवार

पोखरामा नेपाल भ्रमण सन–२०२० उद्घाटन


पोखरा, १ बैशाख । पोखराबाट नेपाल भ्रमण वर्ष सन –२०२० सुरु गरिएको छ । शनिबार साँझ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रमण वर्षको उद्घाटन गरेका हुन । २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष सुरु गरिएको उनले बताए ।

उनले पर्यटकको बसाइ बढाउन गण्डकी प्रदेशले २ सय ३२ वटा होमस्टे सञ्चालमा ल्याएको जानकारी दिए ।
पर्यटनले नै संवृद्धि संभव हुने बताएका उनले पर्यटकको बसाई लम्बाउने आवश्यक पर्यटकीय पूर्वाधारमा निर्माणमा जोड दिए । अन्य वक्ताहरुले सडक तथा हवाई यातायातमा सुविधा थप गर्नुपर्ने सुझाएका थिए ।

नेपाल भ्रमण वर्ष–२०२० संयोजक सुरज बैद्यले नेपालमा धेरै भन्दा धेरै पर्यटक ल्याउन काठमाडौं विमानस्थललाई दशंसम्म सुधार गरि सक्नुपर्ने धारणा राखे ।

पर्यटनमा अन्तराष्ट्रि लगानीकर्तालाई नेपाल भित्राउन सम्मेलन गर्ने,भारतका विभिन्न सहरमा टुरिजमका लागि प्रवद्र्धन कार्यक्रम गर्ने तयारी गरिएको छ ।

नेपालमा भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सीमा नाकासहित सातवटा ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी छ ।

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *