दाङ, चैत ३० । विक्रम सम्बत २०७६ साल परिधावि नामको ४६ औं क्रमको सम्बत्सरको बर्ष परेको छ र ग्रह परिषदको राजा शनि र मन्त्री सूर्यले वर्ष संचालनको जिम्मा पाएका छन् । १० सदस्यीय ग्रहपरिसदमा ४ शुभ र ६ अशुभ ग्रहको नेतृत्व रहनु साथै राजा र मन्त्री पनि पापप्रभावी भएकोले अधिकांस क्षेत्रमा देश अत्यन्तै विषम परिस्थिती बाट गुज्रनु पर्ने देखिन्छ । आकाशीय प्रशासनिक एकाइमा अधिकतम विषयहरुको संचालनको दायित्व विषम ग्रहहरुको हातमा भएकाले विषम राजनैतिक र सामाजिक परिस्थितिका कारण आम जनताले अन्याय र अवरोधको सामना गर्नुपर्ने देखिन्छ । सरकार सञ्चालकहरु स्वैच्छाचारी र प्रतिपक्षको असहयोगले जनतामा खिन्नता रहनेछ ।
बैशाखदेखि भदौसम्म शनि ग्रह वक्री हुनु , आषाढ, भाद्र, कार्तिक र माघ महिनाका औंसीको आसपासमा ४ वटा ग्रहको हुनु र वर्षको अन्त्य सम्म नै मिथुन राशिमा राहु रहने संयोग भएका कारण यो वर्षको अधिकांस समय जनताले भय र त्रासको वातावरणमा अत्यन्त कष्टका साथ जीवन धान्नु पर्ने छ । त्यस्तै साउनको २८ गते सम्म बृहस्पति ग्रह वक्रि अवस्थामा रहने धार्मिक द्धन्दको स्थिती श्रृजना हुने र धर्म र न्यायका क्षेत्रमा कार्य गर्ने व्यक्तिहरुलाई अनिष्ट रहने छ । यो बर्ष पहाडमा अतिबृष्टि र तराई मधेशमा बर्षको कमी हुनाले कृषिकार्य प्रभावित हुनेछ ।
राजा र मन्त्रीका ग्रह परस्पर बिरोधी भएकाले राष्ट्र प्रमुख र सरकार प्रमुख बीच तालमेलमा कमी रहने देखिन्छ । यसको असर प्रदेश सरकार स्थानीय सरकारमा समेत पर्नेछ । ग्रहपरिषदका राजा र मन्त्री परस्पर शत्रु ग्रह परेकाले विकास निर्माणका काममा केन्द्र प्रदेश र स्थानीय सरकारसंग विवादहरु बढ्नेछन् । मन्त्री सुर्य भएकाले कडा नीतिनियमहरु बन्नाले जनता आन्दोलित हुनेछन् । राजा र मन्त्रीको कार्यभार पाप ग्रहले पाएकोले सरकारी कामकाजमा ढिलासुस्ती र काला बजारी घुसखोरी नियन्त्रणको प्रयास विफल पार्न गिरोहहरु पूर्ववत् सक्रिय हुनेछन् ।
१२औं भावको मालिक सुर्य उच्च भएकोले सरकारी बिदेश नीति परिवर्तन हुनेछ । ग्रहपरिषद्मा ६ अशुभ प्रभावमा भएकोले सरकारी विरोधीहरु सकृय हुनेछन्् । बर्षको राजा जगल्लग्नमा केन्द्रमा, दशमेश निच र जगल्लग्नको संसदको स्थानको मालिक स्वक्षेत्री, तृतीयेश भाग्यमा भएकोले सरकार र संसद बीचमा टकरावका स्थितिहरु आइरहनेछन् । यसमा सांसदहरुले असहयोग गर्नाले सरकारी योजनामा बाधा पर्नेछ । जगल्लग्नमा गुरु बलियो भएकोले शैक्षिक, बौद्धिक क्षेत्रमा उन्नती हुनेछ । धनेश षटमा भएकोले सरकारको अनुत्पादक क्षेत्रमा लगानी बढ्ने छ ।
दशम भवमा पाप ग्रह भएकोले सरकारका महत्वाकाँक्षी योजनाहरु आउनेछन् तर आर्थिक क्षेत्रमा गरेका कार्यहरु असफल हुनाले सरकारी कोषको दुरुपयोग कायमै रहनेछ । बुध निचो हुनाले व्यापारी वर्ग, औद्योगीक बर्ग पीडित हुनेछन् । तापनि तृतियेस भाग्यमा उच्च भएकोले औद्योगिक नीतिमा सामान्य सुधार हुनेछ । तर शैक्षिक र प्राविधिक क्षेत्रमा बैदेशिक सहायता बृद्धि हुनेछ ।
प्रविधि र सञ्चार, कला साहित्य, श्रमिक, बृद्ध बृद्धाका हितमा नियम कानुन आउनेछन् । चतुर्थमा शनी र केतुको साथ र सुर्य अष्टममा भएकोले ठूला दुर्घटना, बन्द हडताल, नाकाबन्दी हुने र दैविविपत्तिमा बृद्धि हुनेछ भने राज्यका विशिष्ठ व्यक्तिहरुको असामयिक निधन हुनेछ । सप्तमेश चतुर्थ भएकोले बैदेशिक र आन्तरिक रोजगारीका क्षेत्रमा बृद्धि हुनेछ ।
षष्ठेश भन्दा चतुर्थेश बलियो हुनाले प्रशासनिक क्षेत्रमा कडा नीति नियम आउने छन् । धनको मालिक षष्ठ र गुरु केन्द्रमा हुनाले देशको आर्थिक स्थिति तथा सेयर बजारमा केही सुधार हुदै जानेछ । एकादशेस एकादश बलियो भएकाले संसदका गतिविधिमा सुधार हुनेछ । जगल्लग्मा मंगल र शनिको नव पंचक योगले हडताल, द्धन्द, हत्या, हिंसा कायमै रहनेछ, र धेरैको संख्यामा जन धनको क्षति हुनेछ । नेपालको नाम राशीबाट धनस्थानमा साढेसाती भएकाले जगल्लग्नको लाभमा चन्द्रमा हुनुका कारण सरकारीकोष बृद्धि हुने भएपनि धनस्थानको मालिक शुक्र षष्ठमा भएकोले ऋणभार बढ्ने र राज्यकोषको दुरुपयोगमा बृद्धि हुँदै जानेछ ।
माघ पछि सरकार परिवर्तन हुने, राजनेताहरुमा तनाव र आन्दोलनका घटना साथै इन्धलको मुल्यमा बृद्धि हुनेछ । षष्टेश शनि चतुर्थमा अष्टमेश दृष्टिी भएकोले सेनापुलिसको मनोबल बढ्ने नीतिनियम बन्नेछन् शुक्र चन्द्रको प्रभावले सञ्चार, प्रविधि, बैदेशिक श्रम, स्वास्थ्य, विमा क्षेत्रमा उन्नती हुनेछ । चतुर्थेस बलियो भएकोले चतुर्थमा विकास निर्माण र पुर्ननिर्माणले गति लिने भएपनि अष्टम सुर्य भएकोले सरकारको आलोचना कायमै रहने छ । नेपालका लागी विशेषगरी जेष्ठ, श्रावण, भाद्र, मार्ग र चैत्र महिना प्रतिकुल रहनेछ ।
युवा ज्योतिष– मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
ग्लोबल ज्योतिष तथा वास्तु
घोराही दाङ ।
सम्पर्क ः ९८५११९३९६४