२०८१ फाल्गुन ७ गते बुधवार

मदिराले मातेका मानिसले रातभर हल्ला गर्छन – बालवालिका

दाङ,चैत्र २९ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की कुसुम पराजुलीले गाउँमा मदिरा खाएका मान्छेले होहल्ला गर्ने गरेको गुनासो गरेकी छन् । उनले त्यसले आफ्नो पढाइमा डिस्टव भएको मेयरका सामु बताइन ।  साँझको समयमा अक्सर मदिराका मातेका मानिसहरुले होहल्ला गर्दा समाजको शान्ति खलबलियने गरेको पराजुलीले बताइन ।

‘प्रहरीलाई फोन गर्दा समेत वास्ता गर्देन र हामी जस्ता बालवालिका उनीहरुको हल्लाले गर्दा प्रत्यक्ष प्रभावित भएका छौं,’ पराजुलीले भनिन् ।

अर्की बालिका इशा वलीले पनि वालवालिकालाई काम गर्नुपर्ने हुँदा पढाइमा ध्यान दिन नपाएको कुरा गरिन ।
‘अहिले पनि केयौ वालवालिका हातमुखको जोहो गर्नकै लागि श्रम गरिरहेका छन् । यसमा स्थानीय सरकारले ध्यान दिएको देखिएन,’ वलीले भनिन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका ७ का नवराज घिमिरेले वालवालिका दुव्र्यसनीमा फस्दै गएको भन्दै चिन्ता जाहेर गरे ।
उनीहरुलाई सृजनशिल काममा लगाउन सबैले ध्यान दिनुपर्ने उनको सल्लाह छ । तुलसीपुर उपमहानगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको वालमैत्री अवधारणा सम्वन्धि अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो राखेका थिए । वाल क्लवको गठन गरेर वालवालिकालाई सृजनशिल काममा लगाउन उनीहरुले आग्रह गरे ।

त्यसपछि वालवालिकाका समस्या सम्वोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले वाल सुरक्षाका लागि आफु प्रतिवद्धता जाहेर गरे । ‘कसैले पनि वालवालिकालाई कुनै कुरामा अवरोध गर्न खोज्छ भने उपमहानगरपालिकाले कारवाहीको लागि पहल गर्नेछ,’ उनले भने । त्यसक्रममा उनले बालबालिकालाई विद्यालय जानबाट वञ्चित हुने वातावरणको अन्त्य गरेको दाबी समेत गरे ।

केही वालवालिकाहरुले बीचमै विद्यालय छाड्ने गरेकोमा उनले चिन्ता जाहेर गरे । उपप्रमुख माया आचार्यले वालविवाहको समस्या विकराल वन्दै गएको भन्दै त्यो न्यूनिकरण गर्न वालवालिका नै अग्रसर हुनुपर्ने जोड दिइन् ।

उपमहानगरपालिकाका १९ वटै वडाका वाल सञ्जालका वालवालिकाका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने, महिला शाखा प्रमुख गोरा कुमारी वस्नेत लगायतले बालअधिकारको वारेमा वकालत गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *