२०८१ बैशाख ७ गते शुक्रवार

सल्यानको मुलपानीमा ३ सय ७५ प्रजातिका बनस्पती संरक्षित


शंकर केसी,
सल्यान, चैत्र २९। सल्यानस्थित मुलपानी वनस्पती उद्यानमा ३ सय ७५ प्रजातिका बोटविरुवा रहेका छन् । राज्यले प्राथमिकताको सूचिमा राखेका तथा आर्थिक रुपमा र औषधिय गुण भएका महत्वपूर्ण वनस्पतिहरु मुलपानीमा संरक्षण गरेर राखिएको छ । वनस्पती अनुसन्धान केन्द्र मुलपानी सल्यानले शुक्रबार परेको २०औँ वनस्पती दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

अनुसन्धान केन्द्रका कार्यालय प्रमुख दिनेश बरालले मुलपानी वनस्पती उद्यानभित्र हाल १० वटा उपसंरचनाहरु रहेको बताए । यो उद्यान विक्रम संवत २०५६ सालमा स्थापना भएको हो । उद्यानले ५.५ हेक्टर क्षेत्रफल ओगटेको छ ।
वनस्पतिको उपयोग र ब्यापारः समृद्धिको आधार भन्ने नाराको साथ यहाँ दिवस मनाइएको हो ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले मुलपानीस्थित उद्यान वनस्पती विज्ञान सम्बन्धि अध्ययन गर्ने विद्यार्थी र शोधकर्ताका लागि निकै महत्वपूर्ण स्थान रहेको बताए ।

कार्यक्रममा शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम केसीले मुलपानीको उद्यानले पर्यटक आकर्षित गर्दै गएको तथा त्यो वनस्पती सम्वन्धि अनुसन्धान कर्ताको लागि यसक्षेत्रकै महत्वपूर्ण स्थान रहेको तर्क गरे । पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य सन्तोष घर्ती, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, कपुरकोट वहुमुखी क्याम्पसका प्रमुख अनुप शर्मा लगाएतले वनस्पतिको महत्व र जडिबुटीको उपयोगिता बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *