२०७७ मङ्सिर १० गते बुधवार

सवारी दुर्घटनामा एकको मृत्यु


काठमाण्डौ, चैत २९ । सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चोभारमा ट्याङ्कर र मोटरसाइकल ठोक्किदा ट्याङ्कर पल्टिँदा सहचालकको मृत्यु भएको छ ।

बिहीबार साझ बा १ ख ८९२४ नम्बरको ट्याङकर र बा २७ प ४२४७ नम्बरको मोटरसाइकल ठोक्किँदा ट्याङकर सहचालक सिन्धुपाल्चोक चौतारा घर भई ललितपुरको सानेपा बस्दै आएका १७ वर्षका सन्देश गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मोटरसाइकल चालक टौदहका अजित महर्जनको स्टार अस्पतालमा उपचार भैरहेको छ । उक्त दुर्घटनापछि फरार रहेका ट्याङकर चालकको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *