२०८१ असोज ३ गते बिहिवार

जनप्रतिनिधि,व्यवस्थापन समिति र शिक्षकले छोराछोरी बोर्डिङमा पढाउन नपाउने


दाङ,चैत २८ । दंगीशरण गाउँपालिका वडा नम्वर १ बाँकीबेटारपुरस्थित आधारभुत माध्यामिक बिद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा एकमा अंग्रेजी माध्यमवाट पठनपाठन गर्ने भएको छ ।

बिद्यालय व्यवस्थान समितिका अध्यक्ष यज्ञबहादुर बिष्टको अध्यक्षता एवं वडा १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरीको प्रमुख आतिथ्यमा बिहिबारको बैठकले त्यस्तो निर्णय गरेको हो । सामुदायिक बिद्यालय प्रति बढेको अबिश्वास हटाउन अंग्रेजी माध्यमवाट पठनपाठन गर्ने निर्णय गरिएको प्रधानाध्यापक डम्बर बस्नेतले बताए ।

त्यसैगरी बैठकले विद्यालय व्यवस्थापन समिति,शिक्षक र जनप्रतिनिधीले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सोही बिद्यालयमा पढाउनुपर्ने निर्णय समेत गरेको छ । बैठकले आगामी बैशाख ३ गते अविभावक भेला गर्ने निर्णय गरेको छ । वडा अध्यक्ष चौधरीले बिद्यालयमा पढ्ने सबै बिद्यार्थीलाई टाई र बेल्ड वडा कार्यालयले निःशुल्क प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *