२०७७ कार्तिक १५ गते शनिवार

जीप दुर्घटनामा काँग्रेसका पूर्व सांसदसहित ३ जनाको मृत्यु

दाङ, चैत २८ । गुल्मीमा भएको जीप दुर्घटनामा परि पूर्वसांसदसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी,यात्रु रोशन बिकको घटनास्थलमै र उपचारको क्रममा २६ वर्षीया कौशिला थापाको मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

पूर्व सांसद भण्डारी २०४८ सालमा गुल्मीको निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको तर्फवाट निर्वाचित भएका थिए । विहीवार विहान जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका वडा नं. १ पौदीअमराईमा दुर्घटनामा परेको हो।

जीप सडकबाट १ सय मिटरभन्दा तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका अन्य आधा दर्जन जति यात्रुलाई थप उपचारको लागि पाल्पा जिल्ला पठाइएको छ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *