रोल्पा,जेठ २२ । परिवर्तन गाउँपालिका–६ को साहुदेरामा आगलागी हुँदा गोठ पूर्ण रूपमा नष्ट भएको छ।
सोमबार मध्याह्न १२ बजे तिर विद्युतको तार सर्ट हुँदा स्थानीय ३८ बर्षका कविराज बुढा मगरको दुई कोठाको कच्ची घर र फुसको छानो भएको गोठ आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ओबाङका कार्यालय प्रमुख ओमभक्त केसीले जानकारी दिए ।
प्रहरीका अनुसार आगलागीबाट १ लाख ७५ हजार बराबरको क्षति भएको छ ।
घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
