
दाङ, चैत २७ । दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत एकजना मजदुरको मृत्यु भएको । आफ्नो कोठामा बेहोस अवस्थामा फेला परेका ६५बर्षीय निश्चल राईलाई घोराहीको राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो । राईको बुधवार दिउँसो पौने १ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । काठमान्डौंको वानेश्वार निवासी राई रोजगारीको सिलसिलामा दाङमा आएका थिए ।
विहान सवा १० बजेतिर बेहोस अवस्थामा फेला परेका राईलाई उद्योगका कार्यरत अर्का मजदुर जिवराज शर्माले अस्पताल पुगाएका थिए ।
प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार