२०८३ बैशाख ३ गते बिहिवार

युवा बैज्ञानिक मार्शल रोका बलात्कार मुद्दामा पक्राउ

तुलसीपुर, जेठ १९ । घोराही उपमहानगरपालिका वडा नं. १६ कपाँसीका ३४ बर्षीय मार्शल रोका बलात्कार मुद्दामा पक्राउ परेका छन् ।


तुलसीपुरकी एक ३२ बर्षीया महिलाले दिएको किटानी जाहेरीका आधारमा रोका जेठ १६ गते राति घरबाटै पक्राउ परेका हुन ।

रोकालाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्द जिल्ला अदालतले जेठ १७ गते अनुमति प्रदान गरि सकेको छ ।


जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले रोका बिरुद्ध बलत्कार मुद्दामा आवश्यक अनुसन्धान जारी रहेको बताए ।


रोकाले पीडितलाई फकाइ फुल्याइ आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख रहेको प्रहरीले बताएको छ ।

पेट्रोल बिना नै सल्लाको खोटोबाट मोटरसाइकल चलाएर देखाएका कारण रोका चर्चित बनेका थिए ।


कोराना महामारीको समयमा उनले निर्माण गरेका अटोमेटिक स्यानिटाइजर मेसिनहरु जिल्लाका चलेका अस्पताल तथा स्थानीय तहका प्रबेश द्धारहरुमा राखिएका थिए । उनले आँफुलाई युवा बैज्ञानिकका रुपमा चिनाउँदै आएका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *