२०७७ माघ ७ गते बुधवार

जिप्रकामा ५० इञ्चको टिभी जडान

तस्विर – सागर थापा

दाङ, चैत २७ । जिल्ला प्रहरी कार्यालय दाङमा ५० इञ्चको टिभी जडान गरिएको छ । जिप्रका पुग्ने सबै सेवाग्राहीलाई भिडियोको माध्यमवाट सूचना र सचेतता फैलाउन प्रोप्साहान रकम वाट प्राङगणमा ५० इञ्चको एलइडी टिभी जडान गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले आन्तरिक रकम वाट टिभी खरिद गरेर जडान गरिएको जानकारी दिए । ‘अबदेखि जिप्रपका आउने सेवाग्राहीले दिनमा सचेतना मुलुक कुराहरु उक्त टिभीमा हेर्न पाउने छन् भने बुलुका त्यसमा टिभी जडान गरेर प्रहरीले पनि समाचार र सूचनाहरु हेर्न पाउने व्यवस्था गरिएको छ,’ एसपी पाण्डेले भने ।

यो टिभी मार्फत प्रहरी र ट्राफिक प्रहरीका विभिन्न गतिविधि सार्वजनिक गरिनुका साथै ट्राफिक नियम सम्बन्धि सचेतना मुलक सामाग्री, प्रतिवन्धित लागु औसध प्रयोग गर्दा भोग्नु पर्ने कानुनी कारवाही,घरेलुु हिंसा विरुद्ध सचेतना र बाल बिबाह रोकथाम लगायत सामाजिक बिकृर्ती र बिसंगती विरुद्ध सचेतता मुलुक सामाग्रीहरु प्रशारण गरिने एसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *