२०८१ बैशाख ६ गते बिहिवार

विद्युतिय सुरक्षा दिवसका अवसरमा प्रभावफेरि


दाङ,चैत २६ । विद्युतिय सुरक्षा दिवसको अवसरमा मंगलवार विहान तुलसीपुरमा प्रभात फेरि गरिएको छ । प्रत्येक बर्ष चैत २६ गतेलाई विद्युतिय सुरक्षा दिवसको रुपमा मनाउँदै आइएको छ ।

विद्युतको उचित प्रयोग गर्न तथा विद्युतको चुहावट नगर्न आग्रहसहित प्रभात फेरि गरिएको हो । विद्युत चोरी गर्नु अपराध जस्ता नाराहरु उल्लेखित प्लेकार्ड र्यालीका सहभागिहरुले बोकेर बजार परिकर्मा गरेको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका सुपर भाइजर भिमकान्त चौधरीले बताए ।

‘हाम्रो उदेश्य भनेको समाजका सचेतना फैलाउनु हो । विद्युतको सही सदुपयोग गर्नु पर्छ भन्ने नै हो,’ चौधरीले भने । सबै उपभोक्ता जिम्मेवार भए विद्युत चुहावट रोकिने र त्यसले मुलुकको संवृद्धिमा टेवा पुग्ने चौधरीले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *