२०७७ कार्तिक १३ गते बिहिवार

‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने

यमकला भुसाल,
तुलसीपुर, चैत २४ । ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताले बताएका छन । विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वास्थ्य प्रर्वधनमा मेरो वर्ष मेरो अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने बत्ताले यस्तो बताएका हुन । “गुणस्तरीय र अतिआवश्यक स्वास्थ्य सेवामा सबैको पहुचँ पुग्नुपर्छ”उनीहरुले भने ।

कार्यक्रममा बाल्दै कम्युनिटी नर्सिङ् अधिकृत अमृता पहाडीले विश्वमा अझै पनि आधा भन्दा बढी मानिसहरुमा स्वास्थ्यमा पहुचँ नपुगेको र यो चुनौती पुर्ण कुरा भएको बताइन । अहिले लगानीको मात्रा, सर्ने रोगको मात्र , महिला र बच्चाको मृत्युदरको मात्रा घट्दो अवस्थामा छ,उनले भनिन । सबै माझ स्वास्थ्य सेवा पु¥याउन औषधी,चेकजाच मात्र गरेर मात्र नहुने भन्दै उनले स्वास्थ्यलाई असर पार्ने अन्य कुरालाई पनि ध्यान दिनुपर्ने बताइन ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोर्कण दाहालले सबैका लागी स्वास्थ्य आवश्यक रहेको भन्दै स्वास्थ्यमा भेदभाव हुन नहुने बताए । नेपालमा ७० देखि ८० प्रतिशत मानिसहरु स्वास्थ्य सेवाबाट बाहिर रहेको उनको भनाई छ । थारु जातीमा जन्मपछिको पुर्नजन्मको विश्वास गर्ने परम्परा अझै पनि छ,उनले भने,–यसले गर्दा चिकित्सा विधा लोप हुदै गएको छ । प्रत्येक वडाका स्वास्थ्य शाखामा ७÷७ जनाको दरबन्दी सहित कर्मचारी खटाएको उनले बताए । यस्तै स्वास्थ्य महाशाखाका बिमल केसीले स्वास्थ्यमा परम्परागतसगैँ बैज्ञानीक उपचारलाई पनि बढाउनुपर्नेमा जोड दिए । जनशक्ती,मेशिन औजार औषधी आवश्यकता अनुसार बृद्धि गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नितिगत रुपमा स्वास्थ्य निति बनाएको र समावेशीको विकासको हिसावले कुनैपनि कार्यक्रम गनुपर्ने बताए । आधारभुत स्वास्थ्य सेवाले मात्र नहुने भन्दै उनले बिशेषज्ञ स्वास्थ्य सेवा पनि प्रदान गर्ने उद्देश्यले काम गर्न आग्रह गरे । नेपालका ७ सय ५३ वटा पालिका मध्य तुलसीपुर उपमहानगरपालिकालाई पहिलो पालिकाका रुपमा विकास गर्न स्वास्थ्य ऐन बनाएर अघि बढ्ले प्रतिबद्धता पनि व्यक्त गरे । साथै उनले तुलसीपुरलाई स्वास्थ्य उपचारको केन्द्र बनाउने योजनाका साथ अघि बढेको समेत धारणा राखे । यस्तै आयुर्वेदिक अस्पतालका सहायक डिन राजेश्वर अर्यालले विश्व स्वास्थ्य सगंठन अभियानका नारालाई सस्थागंत गर्न सबै आ–आफ्नो ठाउँबाट एक भएर लाग्नुपर्ने बताए।

सो अवसरमा तुल्सी अस्पतालका बाल रोग बिशेषज्ञ किसोर खत्री,तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लाकिछाने,१८ नं वडाका अध्यष माधव वलि,रिपोर्टस क्लव दाङ्का अध्यक्ष सरद रेग्मी ,पत्रकार खेमराज रिजाल लगाएतले आफ्नो धारणा राखेका थिए ।

स्वास्थ्य शाखा प्रमुख गोर्कण दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य महाशाखाका विमल केसीले गरेका थिए । यसैबिच दिवसकै अवसरमा कार्यक्रममा स्वास्थ्य प्रर्वधनमा मेरो वर्ष मेरो अभियान सम्बन्धी ५ प्रतिबद्धता समेत जाहेर गरिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *