२०८१ बैशाख २३ गते आइतवार

प्रतिष्ठानमा सुत्केरी महिलाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै आफन्त आन्दोलित

तुलसीपुर,बैशाख २९ । दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।

विहीबार दिउसो १ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ८ सौरीकी मधु बुढाथोकी केसीको मृत्यु पछि आफन्तजनले प्रतिष्ठानमा विहानै देखि आन्दोलन गरेका हुन् ।

पीडितले घटनाको तथ्य छानविन तथा क्षतिपूर्तिको माग राखेका छन् ।

मृतकको क्षतिपूर्ति वापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने तथा यस प्रकारका कमी कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने, मृतकको शरीरको सबै अंग परिक्षण हुनुपर्ने माग राखेका छन् ।

मृतकका श्रीमान शेरबहादुर केसीका अनुसार सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको बताएका छन् ।

उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् ।

सुत्केरी हुनुअघि सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो । पछि प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताए ।

शिशुको अवस्था भने सामान्य छ । प्रतिष्ठानले भने पीडितहरु सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पीडित समक्ष जवाफ दिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *