चैत २३ । बारा, पर्सामा आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । भुमरीको रुपमा आउने यस्तो हुरीले छोएको ठाउँको हरेक भौतिक वस्तु उखेलिने गर्दछ ।
‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’
सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो भएको जल तथा मौसम बिज्ञान विभागले बताएको छ ।
बारामा आएको हुरीले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भू–उपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यस दिन नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइबाट खिचेका तस्बिरको अध्ययनपश्चात ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको छ ।