दाङ, चैत २३ । पाँच नं.प्रदेश स्तरकै बौद्धिक अपाङगका लागि बिषेश स्कुल दाङमा बन्ने भएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ का रहेको प्रावि बालमन्दिरलाई पाँच नं. प्रदेशकै बौद्धिक अपाङका लागि अध्ययन गर्ने विषेश स्कुलका रुपमा स्थापना हुने भएको शिक्षा मन्त्रीका गिरिराजमणी पोखरेलका सल्लाहकार जीवन गौतमले जानकारी दिए ।
प्रदेशमै बौद्धिक अपाङ भएका बाल–बालिकाको अध्ययनका लागि बिद्यालय नभएका कारण घोराहीमा आवासीय सहितको विद्यालय स्थापना हुन लागेको उनले जानकारी दिए । त्यसका लागि सम्पुर्ण काम पुरा भएको उनले जानकारी समेत दिए ।
पाँच नं. प्रदेशमै नमुना स्कुलका रुपमा बाल–मन्दिरको विकास गर्न मन्न्त्रालयले खोजेको उल्लेख गरे । यस्तै घोराही उप–महानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले विषेश स्कुलले दाङको शिक्षा क्षेत्रको विकासका लागि भुमिका खेल्ने वताए। बौद्धिक अपाङ भएका बाल–बालिकाहरुका लागि प्रयाप्त विद्यालय नहुदा अध्ययनमा समस्या भएको भन्दै बिषेश स्कुलले बौद्धिक अपाङ भएका बालबालिकाहरुका लागि निकै सहयोग पुग्ने वताए ।