तुलसीपुर , बैशाख २० । तुलसीपुर बसपार्कमा पार्किङ गरि राखिएका बस बाट डिजेल चोरी गरेको अभियोगमा पक्राउ परेका कार धनीसहित तीन जनालाई आज अदालत समक्ष पेश गर्न थालिएको छ ।
चैत २२ गते बिहान २ बजे तेल तोरिगर्दा गर्दै तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ बर्षकै विशाल रावतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसको केही दिन पछि उनीहरुको बयानका आधारमा कार धनी तुलसीपुर ८ का दिलीप विकपनि पक्राउ परेका थिए । बिक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन ।
चैत २२ गते मध्य रातमा दुई युवाहरु ना ४ च ५७८७ नम्बरको कारमा बसपार्क गइ पार्किङ गरि राखेको ना ४ ख ६४९५ नम्बरको बसबाट डिजेल निकाल्दै गर्दा पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले पक्राउ परेका दुई युवाको बयानका आधारमा झन्डै दुई हप्ता पहिले कारधनी बिकलाई पनि पक्राउ गरिएको जानकारी दिए ।
ती दुई युवाले आँफैले कारमा ल्याएका दुइ जर्किन मध्य एउटा २० लिटरको जर्किन बसबाट तेल निकालेर भरि सकेका थिए । अर्को जर्किनमा तेल भर्ने क्रममा दूई युवालाई प्रहरीले पक्राउ गरेको थियो । कारधनी बिकले भने यसअघि संबाददाता संग आँफु निर्दोश रहेको बताएका थिए ।
अघिल्लो दिन एक साथीले मागेको हुँदा कार दिएको हुँदा चोरीको घटना आफ्नो कुनै संलग्नता नरहेको भन्दै उनले बचाउ गरेका थिए ।
यो पनि पढ्नुहोस ।
जो मध्य रातमा कारमा आउँथे अनि बसपार्कका बसहरुबाट डिजेल चोरी गर्थे
डिजेल चोर्दै गर्दा पक्राउ परेकाहरुलाई ७ दिन म्याद थप
