२०८१ बैशाख १३ गते बिहिवार

ब्राउन सुगरसहित युवक पक्राउ


दाङ, चैत २१ । प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित दाङमा एक युवा पक्राउ परेका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं. – ८ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १५ जनजागृती टोलमा कोठा भाडामा बस्दै आएका २१ बर्षीय सनम मल्ललाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मल्लले प्रतिवन्धित लागु औषधको अवैद्य रुपमा कारोवार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले निजको कोठमा खानतलासी गर्दा लुकाई छिपाई राखेको ८ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । मल्ललाई चैत १८ गते बुलुका पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका मल्ल विरुद्ध लागु औषध नियन्त्रण ऐन वमोजिम मुद्दा दर्ता भएको तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *