२०७७ कार्तिक १५ गते शनिवार

विएसीको नतिजामा आचार्यले सर्वोउत्कृष्ट अंक ल्याएको दाबी


तुलसीपुर, चैत्र २१ । विएसी स्नातक तह प्रथम वर्षको नतिजामा ज्ञानदीप कलेजले जिल्लामा सर्बोउत्कृष्ट नम्वर ल्याउन सफल भएको दाबी गरेको छ । त्रिभुवन विश्वविद्यालयले हालसालै सार्वजनिक गरेको विज्ञान संकायको परिक्षा फलमा कलेजकी छात्रा गीता आचार्यले ७३.६ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी नम्वर ल्याउन सफल भएको कलेजले बताएको छ ।

कलेज प्रमुख सुरेन्द्र जिसीले आचार्यले कुल ५०० पूर्णांकमा ३ सय ६८ ल्याएको जानकारी दिए । प्राणी शास्त्रमा ७५ अंक ल्याएको कलेजले जानकारी दिएको छ । २०७० सालमा स्थापना भएको कलेजमा विद्यार्थीको आकर्षण बढ्दो रहेको कलेजले दाबी गरेको छ ।

 

प्रकाशित मिति : २०७५ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *