२०७७ माघ १० गते शनिवार

राप्तीमा डुवेर बालिकाको मृत्यु

दाङ, चैत २१ । राप्ती नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नदीमा नुहाउन गएकी लमही नगरपालिका वडा नं. ५ कोलही निवासी ११ बर्षीया बालिका अस्मिता चौधरीको डुवेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

गोगालो गएकी अस्मिताको गर्मी छल्न नुहाउने क्रममा बुधवार दिउँसो चौधरीको लमहीको झारवैरा घाट नजिकै डुवेर मृत्यु भएको थियो । साथी संगै बस्तु चौपाया चराउन क्रममा अर्की साथी भने ढिलमै थिइन । उनैले खवर गरेपछि झन्डै एक घन्टापनि अस्मिताको शव बेलुका पख नदीवाट निकालेको प्रहरीले बताएको छ । चौधरीको शव बगेको स्थानदेखि झन्डै ३ सय मिटर दक्षिणमा फेला परेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७५ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *