२०८१ असोज ४ गते शुक्रवार

मुल्य र मान्यताका आधारमा सहकारी चल्नुपर्छ–पाण्डे

यमकला भुसाल,
तुलसीपुर, चैत २० । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सहकारी सस्थाँहरु मुल्य मान्यताका आधारमा चल्नुपर्ने बताएका हुन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी सघं दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे पाण्डेले यस्तो बताएका हुन् । पछिल्ला वर्षहरुमा साना सहकारी सस्थाहरु छ्याप्छ्यापी खुलेका छन,उनले भने–साना सहकारीको नेतृत्व र क्षमता पनि कम हुन्छ,। अब सहकारीको अनुगमन गर्दे जाने र सहकारीको मुल्य र मान्यताका आधारमा सहकारी खोल्न निर्देशन दिने उनले बताए।

उनले दिगो विकास लक्ष्यलाई पुरा गर्न र सहकारी अभियानलाई अघि बढाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने पनि बताए । सहकारी विश्व व्यापी अभियान हो,गाउँदेखि सुरु भएको सहकारी अभियान अहिले राष्ट्र भएको छ,सहकारीका विकृति हटाई अब उत्पादनशील क्षेत्रमा लगानी गर्नसके सहकारीबाट नै दिगो आर्थिक विकास गर्न सकिन्छ उनले भने ।
दाङ जिल्लामा मात्रै १ सय ६३ सहकारी सस्थाँ भएको बताउदै पाण्डेले अब सहकारी अभियानलाई अगाडी बढाउन सहकारीले महत्वपुर्ण भुमिका खेल्नुपर्ने उनले बताए । साथै उनले तुलसीपुरलाई पनि सहकारी केन्द्रका रुपमा स्थापीत गर्न योजना अघि सारेको समेत बताए ।

जिल्ला सहकारी सघं दाङका सचिव शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सुर्यबहादुर डागीँले सहकारीले बचत सकंलन गर्ने र ऋण लगाउने मात्र काम नगरी सहकारी आन्दोलनलाई समेत व्यवस्थीत पार्दे लैजानुपर्ने बताए ।

यस्तै कार्यक्रममा बाल्दै तुलसीपुर उपमहानगरपालिका सहकारी विभागका सयोजंक तथा वडा नं ७ का अध्यक्ष टोपबहादुर केसीले समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकारले लिएको ३ खण्डे नितिलाई लागु गर्नु पर्ने बताए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष भुपबहादुर केसी,राप्ती विस्वासी बचत तथा ऋण सहकारी सहकारी सस्थाँका अध्यक्ष हेमन्त यौगी,सिर्जना महिला बचत तथा ऋण सहकारी सहकारी सस्थाँका सचिव मा आचार्य लगाएतले अब सहकारीको माध्यमबाट मजदुरहरुलाई मालिक बनाउने अभियान चाल्नुपर्ने बताए ।

६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्लामा साताव्यापी विभिन्न कायक्रर्महरु गरिएको थियो । सो अवसरमा तुलसीपुरका २० वटा सामुदायीक विद्यालय मध्ये ८ वटा सरकारी विद्यालयहरु बिच मावी निवन्ध प्रतियोगीता पनि गरिएको थियो । उक्त प्रतियोगीतामा गुरु जजुर मावीका प्रदिप केसी प्रथम,मावी उरहरीका सप्ताल हमाल द्धतिय र मावी बालापुरका हेमन्त वलि तृतिय भएका थिए ।

दिवसका अवसरमा बुधवार तुलसीपुरमा ¥याली समेत निकालिएको थियो । त्रिसीदेश्वरी मन्दिरदेखि सुरु भएको ¥याली तुलसीपुर बजार परिक्रमा गरि विएस एस पार्टि प्यालेसमा गई कोणसभामा परिणत भएको थियो । साथै ¥यालीमा सहभागी मध्ये हाम्रो पहुच बहुउद्देश्य सहकारी सस्थाँ प्रथम,राप्ती विस्वासी बचत तथा ऋण सहकारी सस्थाँ द्धृतिय र पिपल चोतार कृर्षि सहकारी सस्थाँ तृतिय भएका थिए ।

जिल्ला सहकारी सघंका लेखा सुपरिबेक्षक समितीका सयोजंक हेमराज गौतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी सघंका अध्यक्ष रुपबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *