२०८१ भाद्र २८ गते शुक्रवार

बारा र पर्सामा रगत अभाव हुन नदिन लमहीमा रक्तदान

दिवाकर-शिवु,
देउखुरी, चैत १९ । प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका घाइतेलाई रगत अभाव हुन नदिन दाङको लमहीमा रक्तदान कार्यक्रमको शुरुवात गरिएको छ । विपतमा परेकाहरुको जीवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको लमही नगर जेसीसका अध्यक्ष शिवशंकर गुप्ताले जानकारी दिए ।

मानवताको सेवा नै जीवनको सवोत्तम कार्य हो भन्ने मुलमन्त्रका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा राजनीतिककर्मी ओमप्रकाश सुवेदी सागरले पहिलो पटक रक्तदान गरेका हुन् । २ नम्बर प्रदेशमा रगतको अभाव भएको भन्ने खबरले आफूलाई रगतको अभावको कारण कोही नेपालीको ज्यान नजाहोस भन्ने उद्देश्यका साथ रक्तदान गरेको सुवेदीले बताए ।

उनिसंगै पत्रकार पत्रकार दिवाकर पोख्रेल, शिवु खनाल, साहाना श्रैष्ठ, फर्णधर ढकाल, प्रमोद गौतम लगाएत लमही नगर जेसीसका सदस्यहरु, व्यापारी तथा समाजसेवीले रक्तदान गरेका हुन । विपत परेका क्षेत्र बारा र पर्सामा रगत अभाव हुन नदिन र आवश्यक रगत उपलव्ध गराउन लमही जेसी तयार रहेको जेसीसका पदाधिकारीले जानकारी दिएका छन् ।

यता नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रका इन्चार्ज दिलीप न्यौपानेले बारा र पर्सामा भने जस्तो अभाव नरहेको बताए । आफु नियमित सम्पर्कमा रहेको जानकारी दिदै उनले रगत अभावको हल्ला गर्दा बढी मात्रामा रगत संकलन हुनुपनि धेरै राम्रो पक्ष नहुने उनको तर्क थियो । प्रदेश २ मा आँधी हुरीका कारण हाल सम्म ४० जनाको मृत्यु भएको छ भने चारसय बढी घाइते भएका छन ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *