२०७८ बैशाख १ गते बुधवार

घोराहीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ, चैत १९ । स्कुटर दुर्घटनामा परि दाङमा एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ बर्षीय प्रकाश आचार्यको दुर्घटनामा परि मृत्यु भएको छ । मंगलवार विहान आचार्य आफैले चलाएको रा ४ प ३८२२ नम्वरको स्कुट अनियन्त्रित हुँदा घर नजिकै दुर्घटनामा परेका थिए ।

तीव्र गतिको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा आचार्यको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *