हापुर, १८ चैत ।
हापुर मावि रतनपुरमा जारी महायज्ञको पाँचौ दिन सोमबार ३० लाख बढी दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधिक शिक्षा सञ्चालनार्थ र पितृमोक्षका लागि घोराही उपमहनगरपालिका वडा नम्बर १२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना गरिएको ‘श्रीमद्भागवत, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ २०७५’ को पाँचौ दिन सोमवार ३० लाख ९ हजार ५ सय ९४ दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
सोमबार २३ लाख ४१ हजार १ सय ५५ रूपैयाँ बराबरको जग्गा र ६ लाख ६८ हजार ४ सय ३९ रूपैयाँ नगद दान संकलन भएको आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए । महायज्ञमा हालसम्म ६६ लाख ५३ हजार २९ रूपैयाँ बराबरको दान संकलन भएको छ ।
महायज्ञमा सोमबार बुवा लिलाधर वली र आमा पवित्रा वलीको स्मृतिमा घोराही–११ का गिरिराज वली र दिलकुमारी वलीले १२ लाख ५० हजार रूपैयाँ बराबरको जग्गा, घोराही–१२ का हरि न्यौपानेले ससुरा डम्बरबहादुर न्यौपाने, सासू बसुन्धरा न्यौपाने र पति लालबहादुर न्यौपानेको स्मृतिमा ५ लाख ५१ हजार १ सय ५५ र घोराही–१२ हाल घोराही–१५ निवासी शंकरप्रसाद गौतम र ईन्दिरा गौतमले बुवा शालिकराम गौतम, आमा नरमदादेवी गौतम र छोरा सुमनकुमार गौतमको स्मृतिमा ५ लाख ४० रूपैयाँ बराबरको जग्गा दान गरेको महासचिव दिपक दाहालले जानकारी दिए ।
महायज्ञमा सोमबार घोराही–१२ का टेकबहादुर पुन र देवीकला पुनले १ लाख ५१ हजार १ सय ५१, घोराही–१२ का राजेन्द्र लम्साल र जीवा लम्सालले ५१ हजार १ सय ५, घोराही–११ निवासी मावस रतनपुरका प्रधानाध्यापक विरबहादुर रावतले ५१ हजार १ सय ५१, घोराही–१२ का शालिकराम बस्नेत र मीना बस्नेतले २५ हजार ५ सय ५ रूपैयाँ दान गरेको महायज्ञ आयोजक मूल समितिका सहकोषाध्यक्ष डम्बर श्रेष्ठले जानकारी दिए ।
यस्तै घोराही १५ का संविधानसभा सदस्य राजु खनालले २५ हजार ५, घोराही १२ हाल अमेरिका निवासी पूर्व छात्रा आरती गौतम र कमल अधिकारीले २५ हजार ५ सय १, पूर्व छात्र घोराही १२ हाल अमेरिकाबाट २४ हजार ५ सय १, घोराही–११ निवासी विद्यालयका शिक्षक सुरेश गौतमले १९ हजार ९ सय ९९, घोराही १२ निवासी विद्यालयका शिक्षक रूद्रप्रसाद उप्रेतीले १५ हजार १ सय ५५, घोराही १२ का दामोदर पुरी र देवा पुरीले १५ हजार ५ सय ५५ रूपैयाँ दान गरेको महायज्ञका प्रचारप्रसार उपसमितिका सदस्य हेमराज गौतमले जानकारी दिए ।
महायज्ञमा घोराही–१२ निवासी १२ बर्षीय आयुष गौतम र १० बर्षीय एञ्जीला गौतमले खाजा खर्चबाट १ हजार ५ रूपैयाँ दान गरेका छन् । महायज्ञको प्रमुख वाचकमा बालव्यास नारायण न्यौपानेको संगीतमय कथा वाचन, भजनकीर्तन एवं झाँकीहरू प्रस्तुत भईरहेका छन् ।