२०८१ बैशाख ११ गते मङ्गलवार

दूग्धजन्य वस्तुमा मुल्य वृद्धि


तुलसीपुर, १६ चैत ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रमा लागू हुने गरी दूग्धजन्य पदार्थमा मुल्य वृद्धि भएको छ । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपालको तुलसीपुर नगर भेला यस्तो निर्णय गरेको हो । भेलाले दूधको खुद्रा मुल्यप्रति लिटर न्यूनतम ७० रुपैयाँ लागू हुने बताएको छ । यस्तै दूधको थोक मुल्य प्रतिलिटर ६० रुपैयाँ रहने भएको छ ।

पशु चौपायालाई खुवाईने दाना तथा आहारमा भएको मुल्य वृद्धिले लागत बढ्न गएकाले मुल्य समायोजन गरीएको राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज तुलसीपुरका अध्यक्ष शशीराम बुढाथोकीले जानकारी दिए । यस्तै दहीमा प्रतिकिलो न्यूनतम ८० रुपैयाँ लागू गरिने भएको छ ।

भेलाले समायोजन भएको मुल्य आगामी बैशाख १ गतेदेखि अनिवार्य रुपमा लागू गर्ने जनाएको छ । यसैगरी दूग्धजन्य पदार्थ बिक्री वितरण गर्ने डेरी, पसल, किसानहरुलाई अनवार्य रुपमा मुल्य कारोवार सञ्चालन गर्न लगाउने भएको छ ।

यस्तै पशु चौपायालाई कृत्रिम गर्भाधानको कार्यक्रम निःशुल्क सञ्चालनको व्यवस्था सुनिश्चित गर्न लगाउने, महामारीजन्य रोगविरुद्धका खोपको समयमै उपलव्धको व्यवस्था गर्न लगाउने तथा केही कारणवस हानी नोक्सानीको क्षतिपूर्तिको सुनिश्चित व्यवस्था गर्नुपर्ने विद्यमान पशु आहारा दानाको कच्चापदार्थमा भएको मुल्य वृद्धि नियन्त्रण गरी सहज आपूर्तिको व्यवस्था मिलाउन र विगतमा समाजले उपमहानगरमा १८ बँुदे किसानका समस्या समाधानसहितको ज्ञापनपत्रका विषयमा ध्यानाकार्षण गराउने भएको छ ।

भेलाले उक्त मागहरु सम्बोधन नभएमा चरणवद्ध आन्दोलन गर्ने अल्टिमेटम पत्र नगरप्रमुख घनश्याम पाण्डेलाई बुझाएको छ । तुलसीपुर समाजका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाको स्वागत मन्तव्य समाजका उपाध्यक्ष नबहादुर ढकालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव देवराज भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *