प्रमोद आचार्य,दंगीशरण,चैत १० । दंगीशरणमा १२ जना माहुरी पालक किसानहरुलाइ ५० प्रतिशत
अनुदानमा मौरीजन्य उपकरण बितरण गरीएको छ ।
गाउँपालिकाले १५ दिने सुचना जारी गरी आएका मौरीपालक किसानहरुको माग निबेदनका आधारमा मौरीजन्य उपकरण बितरण गरीएको कृषि साखा प्रमुख सरु भुसालले जानकारी दिए ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बिच १२ जना किसानहरूलाइ ७३ वटा मौरी घार टोपि ,मौरी घार स्ट्यान्ड लगायतका सामाग्री बितरण गरीएको हो ।
मौरीजन्य उपकरण बितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आइसकेपछी कृषि साखा अन्तर्गत मौरीपालक किसानहरुका लागी केही सहयोग मिलोस भन्ने उदेस्यका साथ ५० प्रतीशत अनुदानमा उपकरण बितरण गर्न १ लाख ५० हजार रकम बिनियोजित गरेको बताए ।
लगानी बिनाको कामको सही प्रतीफल नआउने हुदा किसानहरुको ५० प्रतीशत लगानि र गाउँपालिकाको ५० प्रतीशत अनुदानमा उपकरण बितरण गरीयको बताए ।
यस्तै पालिका उपाध्यक्ष पिमा खड्काले किसानहरुको माग र आबस्यकताको जानकारी लिन आफुहरु स्वयं उपस्थित रहेको बताए ।
अर्को एक प्रसङ्गमा पालिका उपाध्यक्ष खड्काले साझ बिहानको थोरै समयमा पनि गर्न सकिने र महिला,जेष्ठ नागरीक सबैले सजिलै गर्न सकिने र आय आर्जन गर्न सकिने ब्यबसाय भयकाले पनि मौरीपालन तर्फ किसानहरुको रुचि बढाउन आग्रह गरे ।
उपकरण बितरण कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष रेशम बहादुर वलि,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी ,मौरीपालक किसान तिलक बहादुर डागि लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रम कृषि साखा दंगीशरणकी प्रमुख शरु भुषालको सभापतीत्व,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता ,उपाध्यक्ष पिमा खड्काको बिशिस्ट आथित्यता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतामा सम्पन्न भएको हो
कार्यक्रमको सहजीकरण कृषि सहायक मान बहादुर डाङ्गीले गरेका थिए