२०८१ बैशाख ८ गते शनिवार

महासंघको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

 

दाङ, चैत १५ । नेपाल पत्रकार महासंघको ६४औं बार्षिक उत्सवको अवसरमा दाङमा विभिन्न कार्यक्रम गरिने भएको छ । नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश र दाङ शाखाले संयुक्त रुपमा चैत १६ गते विधिध कार्यक्रम गरि महासंघको स्थापना दिवस मनाउने तयारी गरेका छन् ।

दाङ शाखा सचिव भुपेन्द्र वलीले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै शनिवार विहान ८ बजे महासंघको कार्यालय घोराहीमा पत्रकारहरुको लागि निुशल्क आँखा चेक जाँच तथा श्वास्थ्य शिविर, शनिवार विहान ११ बजेतिर भरतपुर मैदानमा मैत्रीपूर्ण फूटवल प्रतियोगिता र सोही समयमा भरतपुर खेल मैदानमा महिला पत्रकारका लागि घैंटाफोर प्रतियोगिता गर्न लागेको जानकारी दिएका छन् ।

साथै सचिव वलीले जिल्लामा क्रियासिल सम्पूर्ण पत्रकार, शाखाका पूर्व अध्यक्षहरु, सल्लाहाकार, केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी, सदस्य, प्रदेश तथा केन्द्रीय सभासद र शुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागिताको लागि आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *