२०७८ असार ९ गते बुधवार

राप्ती नदीबाट जेसिबी र टिप्पर नियन्त्रण

फाइल तस्बिर

दाङ, चैत १५ । राप्ती नदीवाट अवैद्य रुपमा उत्खनन् गरिरहेका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमही नगरपालिका वडा नं. ८ विधिनियास्थित राप्ती नदीवाट अवैद्य रुपमा उत्खनन् गरिरहेको अवस्थामा शुक्रवार विहान साढे ३ ः ४० बजे तीनवटा साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहका अनुसार रा १ ख ३५२ नम्वरको जेसिबी, ना ७ ख ७३६३ र रा १ ख १५५९ नम्वरको टिप्परलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका साधन माथि आवश्यक अनुसन्धान र कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *