२०८० चैत्र १५ गते बिहिवार

तीन महिने सिपमूलक तालिम सुरु


यमकला भुसाल
तुलसीपुर, १४ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा बिहीबारदेखि तीन महिने सिपमूलक तालिम सुरु भएको छ । सिटिइभिटी प्रदेश नम्बर ५ को सहयोगमा आयोजित तालिमको बिहीबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले तुलसीपुर उपमहानगरभित्रका १९ वटै वडाका बेरोजगार व्यक्तिहरु सिपमूलक तालिम दिएर रोजगारी दिलाउने प्रतिवद्धता व्यक्त गरे । अब समृद्धिको एजेण्डालाई तीनवटै तहका कर्मचारीलाई गति दिलाएको र विकासलाई तिब्र गतिमा लैजाने अभियान जारी रहेको उनले बताए ।

साथै उनले तुलसीपुर उपमहानगरपालिकालाई आउने दशकमा प्रावधिक शिक्षा केन्द्रको रुपमा स्थापित गर्न आफू लागिपरेको समेत बताए । उक्त अवसरमा बोल्दै वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेले अब शैक्षिक बेरोजगारको अन्त्य हुने बताए । विद्यालयका प्रध्यानाध्यापक भागवत पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक भोलाप्रसाद पौडेलले गरेका थिए ।

हाउस वायरिङ, कम्प्युटर रिपेरिङजस्ता सीप सिकाएर स्थानीयस्तरमा रहेका विपन्न र बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तीन महिने तालिमको आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *