२०८१ भाद्र २५ गते मङ्गलवार

अन्धोपन निवारणमा आँखा अस्पतालको भुमिका महत्वपूर्ण

बालाराम खड्का, 

तुलसीपुर, १३ चैत । नेपाल नेत्रज्योति संघको ४१ औं स्थापना दिवस तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अस्पतालले हाल सम्म दिएका सेवा तथा भावि कार्यक्रमहरु वारे जानकारी गराउदै त्यस्तै तीन वटै अस्पतालहरुको गुरुयोजना मुताविक भौतिक पूर्वाधारहरुको विकाश गर्ने, अस्पतालहरुलाई टर्सरी वि लेवलको रुपमा स्तरवृद्धि गर्ने सन् २०२४ सम्ममा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडी बढेको संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।

केन्द्रिय सदस्य समेत रहेका गिरीले संघ अन्र्तगत नेपालका विभिन्न स्थानमा १८ वटा आँखा अस्पताल र ८५ वटा आँखा उपचार केन्द्रले नेपालमा कुल आँखा उपचार सेवाको करिव ९० प्रतिशत बढी नेपाल नेत्रज्योति संघको कार्यसंजाल मार्फत प्रवाहित गरेको बताए । उनले संघ अन्र्तगत सञ्चालन भएका आँखा अस्पतालले आँखा स्वास्थ्य सेवामा पु¥याएको योगदान अतुल्नीय रहेको भन्दै सेवालाई थप प्रभावकारी गराउने बतए ।

नेपाल नेत्रज्योति संघ, अन्र्तगत सञ्चालीत , राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र उपचार केन्द्रहरुले अन्धोपन निर्वारणमा खेलेको भुमिका अतुल्नीय रहेको भन्दै अझै सेवालाई प्रस्कृत गर्दै लैजानुपर्ने सहभागीहरुले जोडदिएका थिए ।

अवसरमा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले विगत ५ बर्ष र पछिल्लो ५ बर्षमा अस्पतालले सञ्चालन गरेका कार्यक्रम र पु¥याएको सेवाको वारेमा सहभागीहरुलाई जानकारी दिदै सन् २००९ देखि १३ मा ६ लाख आँखा विरामीहरुलाई सेवा दिएको र जस मध्य ५२ हजारको शल्यक्रिया गरेको सन् २०१४ देखि १८ सम्ममा १२ लाख भन्दा बढीलाई उपचार सेवा दिएको र जसमा ६४ हजारको मोतिविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको बताए ।

पछिल्लो समयमा आँखा स्वास्थ्यको पहुँच सवै स्थानमा पु¥याउन स्थानीय निकायहरु संग सहकार्यगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको उनको भनाई थियो । कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, प्रेस यूनियन दाङका उपाध्यक्ष नारायण खड्का पत्रकार खेमराज रिजाललगायतले भनाई राखेका थिए । संघका उसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण संघका सचिव सुरेन्द्रबहादुर खड्काले गरेका थिए । त्यसैविच स्थापना दिवसमा तुलसीपुरमा सचेतना र¥याली आयोजना गरिएको थियो । त्यस्तै लमही आँखा अस्पताल, छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा विरामीहरुलाई फलफुल वितरण गरि दिवस मनाइएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *