२०८१ भाद्र २५ गते मङ्गलवार

परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण

रोल्पा, चैत ११ । रोल्पा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी जिल्लाका सबै छात्रालाई लक्षित गरी महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ । जिल्लाका १७ वटा परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द चिल्ड्रेनले सेनेटरी प्याड वितरण गरेको हो ।

जिल्लाका सबै परीक्षा केन्द्रका लागि एक हजार सेनेटरी प्याड वितरणका लागि सहयोग गरिएको सेभ द चिल्ड्रेनका प्रतिनिधि दिलकमल क्षेत्रीले जानकारी दिए । परीक्षाको समयमा हुने महिनावारीले छात्रालाई प्रभावित नगरोस् भनेर प्याड वितरण गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमख दानबहादुर गुरुङले बताए ।

सेनेटरी प्याडका अतिरिक्त हरेक परीक्षा केन्द्रमा आधारभूत स्वास्थ्य तथा प्राथमिक उपचारको समेत व्यवस्था गरिएको गुरुङले जानकारी दिए । रोल्पा जिल्लाबाट यस वर्षको एसइई परीक्षामा साधारण र प्राविधिकसमेत गरी ८१ विद्यालयका तीन हजार ५२६ परीक्षार्थी सम्मिलित छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *