२०७७ कार्तिक १० गते सोमवार

खनाललाई पुनस्र्थापना केन्द्रको एकलाख सहयोग


दाङ, ११ चैत ।
सवारी दुर्घटनामा परी बायाँ खुट्टामा गम्भीर चोट लागेका दाङ लमही नगरपापिलका वडा नम्बर ५ निवासी दिपक खनाललाई एक लाख बढी आर्थिक सहयोग प्रदान गरिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाईला पुनस्र्थापना केन्द्रले एक लाख एक हजार आर्थिक सहयोग गरेको छ ।

उपचारकै क्रममा घरको आर्थिक अवस्था कमजोर हुँदै गएको भन्दै खनालको उपचारमा सहयोग स्वरुप आर्थिक सहयोग गरिएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले बताए । उनका अनुसार एउटा नागरिकलाई दुःख पर्दा सबैले मलहम लगाउनु पर्ने भन्दै आफूले पनि सहयोग गरेको भुसालले बताए ।

केन्द्रका अध्यक्ष शरद थापा, कार्यकारी निर्देशक भुसाल, सदस्य राकेश बस्नेत, कालीका–मालिका यातायात प्रालिका अध्यक्ष सुमन पोख्रेल, राष्ट्रिय अभिभावक संघ प्रदेश नम्बर ५ का संयोजक भुमाण्डप केसी, सामाजिक परिचालक यमप्रसाद खरेल, परामर्शकर्ता धर्मराज घर्ती, बसन्तबहादुर पुनसहितको टोलीले खनालकै घरमा पुगेर रकम सहयोग गरेका हुन् ।

३२ बर्षीय खनालको गत बर्ष पुसमा विद्यालयबाट मोटरसाईकलमा घरतर्फ फर्कदै गर्दा भारतीय गाडीले ठक्कर दिदा खुट्टामा गम्भीर चोट लागेको थियो । अहिले उनको उपचार जारी छ ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *