शरद रेग्मी
दाङ, चैत ११ ।
दाङको तुलसीपुरमा रहेको भिक्टोरिया ट्युशन सेन्टर उत्कृष्ट भएको तथ्याङ्क सार्वजनिक भएको छ । सोमबार सेन्टरले रिपोर्टर्स क्लव दाङमा पत्रकार सम्मेलन गरेर उत्कृष्ट भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक केशव लामिछानेले शिक्षा सेवा प्रावि तहको आन्तरिकमा ९१ जना मध्ये ८७ जनाले नाम निकाल्न सफल भएको बताए ।
उनले भने ‘हामीले हरेक हप्ता विभिन्न मन्त्रालयका विषयगत विज्ञहरुलाई तुलसीपुर ल्याएर कक्षा सञ्चालन गरेका थियौँ त्यसैको नतिजा स्वरुप ९५.६ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका हुन् ।’
ट्युशन सेन्टरले यस अघिका कक्षाहरुमा समेत उत्कृष्ट नतिजा प्राप्त सफल भएको भन्दै अझै मेहनत गरेर यस क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन गर्न भूमिका खेल्ने जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि राप्ती बबई क्याम्पसका अध्यक्ष विष्णुकुमार देवकोटाले यस क्षेत्रमा शिक्षाको महङ्खवपूर्ण सम्भावना रहेको भन्दै भिक्टोरिया ट्युशनले गरेको योगदानको चर्चा गरे ।
उनले पश्चिम दाङमा शिक्षाको विकासका लागि राप्ती बबई क्याम्पसको सुधार र स्तर बृद्धि अनिवार्य रहेको भन्दै सबैलाई सहयोगिको भूमिका खेल्न आग्रह गरे । कार्यक्रममा राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्मा, रासस प्रमुख नारायण्ीा रजौरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रिपोर्टर्स क्लवका सदस्य सन्तोष केसीले गरेका थिए ।