२०८१ भाद्र २३ गते आइतवार

३ बर्षीय दाजुले सल्काएको आगोमा जलेर बहिनीको मृत्यु

 

दाङ, चैत ११ । दाङमा आवश्यक सावधानी अपनाउन नसक्दा एकजना बालकले सलाई कोरेर आगो लगाउँदा उनकी अवोध बहिनीको जलेर मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं. १ बगाहसोती निवासी हिमाल रानाको ३ बर्षीय छोरा अमित रानाले सलाई कोरेर लगाएको आगोवाट उनको १ महिनाको बहिनी संगिता रानाको जलेर मृत्यु हुन पुगेको छ ।

जिल्ला प्रहरी प्रबक्ता तथा सुचना अधिकारी विनोद विक्रम शाहले आइतवार बेलुका बहिनी संगै बसेका अमितले सलाई कोरी खेल्ने क्रममा घर भित्रै बहिनी सुतेको कपडामा आगो लगाएका थिए । ‘साना केटाकेटीको पहुँचमा ज्वलनसिल पदार्थ राख्दा दुःखद घटना भएछ,’ डिएसपी शाहले भने ‘ ३ बर्षीय अमृतलाई आगो लगाउँदा के हुन्छ भन्ने ज्ञान नहुनुले गर्दा उनको बहिनीको जलेर मृत्यु हुन पुगेको देखिन्छ।’

दाजु बहिनी मात्रै भित्र रहेको अवस्थामा अमृतले बहिनीको कपडामा आगो लगाए पछि उनी जलेर गम्भीर घाइते भएकी थिइन ।

शिशुको रुपन्देहीस्थित लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा आगोवाट अन्य कुनैपनि क्षति नपुगेको पनि प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ झिम्डीमा स्थानीय फनादर घर्तीको घर आगलागी बाट जलेर नष्ट भएको छ । आइतवार बेलुका ५ बजेतिर लागेको आगोले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । फुसको छानो युक्त एक तले घरमा सोलारको तार सट भइ लागलागी भएको प्रहरीले बताएको छ । एक घन्टा पछि स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *