२०७७ मङ्सिर १० गते बुधवार

धानखोलामा बस र ट्रक ठोक्किदा २१ जना घाइते ४ को अवस्था गम्भीर


शिवु खनाल,
दाङ, चैत ९ । कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक एक आपसमा ठोक्किदा २१ जना घाइते भएका छन् । बसका चालक बर्दिया मंगलगडी नगरपालिका ४ बस्ने २६ वर्षीय खिमराज बिक सहित ४ जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १ धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीय कल्पना सुनार, १५ वर्षीय भिम सुनार घाइते भएका छन् । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि.क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवि चौधरी लगायत २१ जना घाइते भएका छन् ।

दुर्घटनामा परेका १७ जनालाई बुटवलका बिभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रबि रावलले बताए । घटनास्थलबाट बस र ट्रकलाई क्रेन मार्फत हटाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *