२०७७ कार्तिक १५ गते शनिवार

बलात्कार घटनाका अभियुक्त खोज्न भारतमा सर्च


देउखुरी, ९ चैत ।
बलात्कार घटनाका अभियुक्त खोज्न भारतमा सर्च अभियान चलाइएको छ । ईलाका प्रहरी कार्यालय गढवाले भारतीय प्रहरीसँगको समन्वयमा पाँच बर्षिया बालिकालाई करणी गरेको अभियोग लागेका गढवा गाउँपालिका वडा नं. ८ कोइलावास निवासी २३ बर्षिय दुर्गेश थापालाई पक्राउ गर्न छिमेकी देश भारतको तुलसीपुर क्षेत्रमा खोजी कार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरिराज भण्डारीले जानकारी दिएका छन् ।

करणी अभियोग लागेका थापा कोइलावाससँग सीमा जोडिएको भारतीय बजार तुलसीपुरको एउटा ढावामा कुकको काम गर्दै आएका थिए । नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय लमही आउने क्रममा हजुरआमाको घर गढवा–६ चिल्ले बास बस्ने योजना बनाएका थिए ।

चैत ५ गते बेलुका पाँच बर्षिया बालिका चकलेट किन्न पसल गएको मौकामा दुर्गेशले बीच बाटोबाटै मुख थुनेर छेउकै जंगल नजिकको खोल्सामा लगे । मिठाई किन्न पसल गएकी नातिनी नफर्किएपछि हजुरआमाले खोज्न थालिन । हजुरआमाले नातिनी खोज्नु, जंगल नजिकबाट चिच्याएको आवाज आउनु सँगसँगै जस्तो भयो ।

नातिनीको आवाज आएको ठाउँतिर जाँदै गर्दा अभियुक्त त्यहाँबाट भागिसकेका थिए । घटना भए लगत्तै प्रहरीलाई खबर भयो । प्रहरी घटना स्थल पुग्यो । अभियुक्तको खोजी शुरु ग¥यो । बालिकलाई उपचारको लागि लमही अस्पताल लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बुटवल लगियो ।

अहिले बालिकको बुटवलमा उपचार भैरहेको छ । त्यहाँ बालिकको शल्यकृया गरिएको छ । अभियुक्त दुर्गेश नातेदार हुन् । बालिकाको हजुरआमाको छोरीको दाजुको झट्केको छोरा रहेको बताइएको छ । प्रहरीले घटनाका अभियुक्तलाई खोज्न अभियुक्तका साथीलाई पनि सँगै भारत लगेको छ । – प्रदेश टुडेबाट

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *