२०८१ बैशाख १९ गते बुधवार

सल्यानमा बस दुर्घटनाहुँदा २२ जना घाइते

सल्यान, चैत ७ । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ ।

सल्यान जिल्लाको काभ्राबाट सदरमुकाम खलंगा जाँदै गरेको  ना ५ ख ७७५० नम्बरको यात्रुबाहक बस त्रिबेणी गाउपालीका ६ शंखमुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी ३ निवासी ४८ बर्षीय धनविर रावत, लक्ष्मिपुर निवासी ७१ बर्षीय बल बहादुर थापा, लुहाम निवासी ७० बर्षीया पार्वती श्रेष्ठ, र छत्रेश्वरी ७ निवासी १७ बर्षीय बिशाल रावत रहेको प्रहरीले बताएको छ । घम्भिर घाइते भएकालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएका छ । अन्य घाइतेहरुको कान्तिपुर सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *