२०८० चैत्र १६ गते शुक्रवार

पार्वता आचार्य स्मृति पुरस्कारबाट गोबिन्द खड्का पुरस्कृत

यमकला भुसाल,
तुलसीपुर, चैत ७ । पार्वता आचार्य स्मृति स्वास्थ्य पुरस्कार पत्रकार गोबिन्द खड्काले प्राप्त गरेका छन । तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ का बसन्त आचार्यले श्रीमती स्वर्गीय पार्वता आचार्यको स्मृतीमा १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका थिए । यसको ब्याजबाट प्राप्त रकमले प्रत्येक बर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने सहमति नेपाल पत्रकार महासंघसग गरिएको महासंघका सचिब भुपेन्द्रप्रकास वलीले जानकारी दिए ।

पुरस्कार बितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको स्वाथ्य शाखामा कार्यरत समेत रहनुभएका अक्षकोष संस्थापक बसन्त आचार्यले सर्बसुभल स्वास्थ्य नागरिकले अझैपनि प्राप्त गर्न नसकिरहेको बताए । श्रीमती बिरामी परेपछि आफुले नेपालको स्वास्थ्य सेवाको अबस्थाका बारेमा अनूभूति गर्न पाएको उनले बताए । यदी समयमै श्रीमति पार्वतीको उपचार सेवा प्रभाबकारि भईदिएको भए उनीलाई बचाउन सक्थ्ये कि उनले भने । स्वास्थ्यकर्मीको सेवा दिने ब्यबहार पनि राम्रो थिएन,सर्वसाधारण नागरिकले पनि त्यस्तै महसुस गर्नुहुन्छ होला,उनले भने ।

सो अवसरमा नेपाल पत्रकार महासंघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले स्वास्थ्य क्षेत्रमा नीजिकरणको जर्वजस्ति प्रवेश सर्बसुलभ र राम्रो ब्यबहार हुन नसक्नुकै कारण भएको ठोकुवा गरे । उनले यसका लागि पत्रकारहरुले एक दिन मात्र होईन,सदैभर मानिसका लागि महत्वपूर्ण मानिने स्वास्थ्य क्षेत्रको बिटमा सशक्त रुपमा कलम चलाउनुपर्ने सुझाब दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानरपालिका कार्यबाहक मेयर सुर्यबहादुर डाँगी(श्याम),आचार्य परिवारका सदस्य एबम भेरी गंगा नगरपालिका सुर्खेतका उपमेयर रेणु आचार्यले पत्रकारहरु नागरिकको जीवनका अभिन्न अंग भई सकेकाले सत्य र सहि सुचना प्रबाह गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा कृयाशील बसन्तले स्वान फ्ल्यूको संक्रमणका कारण स्वास्थ्य क्षेत्रमा क्रियासील श्रीमती पार्वतालाई गुमाएका थिए । २०३४ सालमा दाङको मलहवारमा जन्मिएकी पार्वतालाई २०७२ सालदेखि बोन म्यारोको समस्या देखिएको थियो भने उपचार पछि सुधार भएको र २०७४ फागुण २२ गते स्वान फ्ल्यू संक्रमण भएको थियो । उहाको २०७४ चैत ७ गतेका दिन उपचारका क्रममा काठमाण्डौमा निधन भएको हो ।नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रीयासनको अध्यक्षतामा कार्यक्रम भएको थियो । उपाध्यक्ष लिला शाहको स्वागत मंतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब भुपेन्द्रप्रकास वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *