२०८१ बैशाख ७ गते शुक्रवार

होलीमा विशेष सुरक्षा


उमा भण्डारी
दाङ, ७ चैत ।
होली पर्वलाई शान्त र सभ्य तरिकाले मनाउनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाईएको छ । जसका लागि अहिले जिल्लाका विभिन्न स्थानहरुमा होलीलाई सद्भावपूर्ण तरिकाले मनाउनका लागि सूचना तथा प्रचारप्रसार तिव्र गरिएको छ । जथाभावी कोहि कसैको ईच्छा विपरीत रङ लगाउन नपाइने, सवारी चलाउँदा अनिवार्य हेल्मेटको प्रयोग गर्ने, सार्वजनिक स्थलहरुमा अरुलाई असर पर्ने गरी होहल्ला गरी रङ लगाउन नपाउनेजस्ता सन्देशमूलक सूचनाहरु प्रचारप्रसार गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

होलीको समयमा अत्याधिक मात्रामा होहल्ला हुने भएकाले यसका लागि प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । उनले कसैको ईच्छा विपरीत कोहि कसैले रङ दल्ने, लोला हान्ने, मोविल खन्याउने, बाटो अवरोध गर्नेजस्ता गतिविधिहरु गरेमा त्यस्ता व्यक्तिहरुलाई प्रहरीले तत्काल पक्राउ गरी कारवाही गर्ने बताए ।

‘तिव्र गतिमा मोटरसाईकल कुदाउँदै लोला हान्ने गतिविधि नहोस् भनेर हामीले विभिन्न चोक तथा मुख्य सडकमा प्रहरी चेक पोष्ट बनाएर सुरक्षा प्रदान गर्ने छौँ उनले भने ‘अपिल गर्दा गर्दै पनि अराजक गतिविधि गर्ने व्यक्तिहरुलाई सूचना दिनुस् हामी पक्राउ गरी कारवाही गर्नेछौँ ।’ सुरक्षा व्यवस्थालाई कडा बनाउनका लागि प्रहरीहरु पोशाक तथा सादा पोशाकमा समेत खटिने छन् ।

यस्तै अनिवार्य रुपमा चेकिङ हुने स्थानहरुमा मात्र नभई अन्य विभिन्न स्थानहरुम मोवाईल गस्तीसमेत परिचालन गरिएको उनले बताए । त्यसैगरी तुलसीपुर क्षेत्रका सुरक्षा व्यवस्थालाई कडा बनाउनका लागि बजारका मुख्य चोक तथा गल्लीहरुमा माईकिङ गरिनुका साथै प्रहरीहरु परिचालन गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।

उनले होली पर्वलाई सद्भाव र शान्तिपूर्ण वातावरणमा मनाउनका लागि सवारी चेक जाँचलाई समेत कडाई गरिएको बताए । चाडपर्वको समयमा मोटरसाईकलमा दुईजना भन्दा बढी व्यक्तिहरु चढ्ने प्रवृत्ति भएकाले यसलाई समेत विशेष निगरानीमा राखिएको प्रहरीले बताएको छ । विभिन्न स्थानहरुमा प्रहरी चेक प्वाईन्ट, सादा पोशाकमा प्रहरी परिचालन, मोवाइल गस्ती तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निगरानीको व्यवस्थासमेत गरिएकाले ढुक्क भएर होली पर्व मनाउने प्रहरीले अनुरोधसमेत गरेको छ । -प्रदेश टुडेबाट

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *