२०८१ माघ २६ गते शनिवार

थारुभुमि बुझ्दै दिव्य भुमि

फाइल तस्बिर

खेमराज रिजाल,
चखौरा(दाङ), ६ चैत । तपाइको समुदायमा स्वास्थ्यका विषयमा जानकार सवैभन्दा बढि को हुनुहुन्छ? प्रश्न सोध्न नभ्याउंदै चखौरास्थीत थारु समुदायको आमा समुहका महिलाहरु भनिरहेका थिए, उहिले गुरुवा÷महतवा हुन्थे तर अहिले डाक्टरनै हो । ‘समय फेरीएसंगै मैले पनि अन्नपात बेचेर छोरालाइ डाक्टर बनाएकि छु’—चखौरा महिला समुहकि नेतृ मनकलाले भनिन् । यो अनुभव आदानप्रदानको क्षण थियो, काठमाण्डौ उपत्यकाको ललितपुरस्थीत दिव्यभुमि वहुमुखि कलेजका विद्यार्थि र चखौरा महिला समुहबीचको ।

छलफलका क्रममा थारु महिलाहरुले सुत्केरी गराउंदा सुडेनिको भुमिका, गाउंमा दुइचार सय रुपैयाको काम चलाउन महिला समुहले चलाएको बचत अभियान संगै सामुहिक खेतीमा महिला अग्रसरता सम्मका कुरा विद्यार्थीहरुलाइ सुनाए । त्यसैगरी पछिल्लो समयमा थारु समुदायमा आएको शैक्षिक चेतना र आधुनिक कृषि प्रणाली र स्वरोजगार बन्नकालागी शिपको आदान प्रदानका विषयमा पनि बोलेका थिए महिलाहरु । सुनिरहेका थिए बुद्धभुमि कलेजका ३१ जना विद्यार्थीहरु । स्थलगत खोजका क्रममा उनीहरुले कमैया बस्तीमा पुगेर उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक एवं राजनितिक चेतनाका विषयमा पनि जानकारी लिएका थिए ।

संस्कृति, संस्कार र सभ्यता आदान प्रदानकालागी यो छलफल अत्यन्तै सान्दर्भिक लाग्यो, हामी सामाजिक शास्त्र अध्ययन गर्ने विद्यार्थीहरुलाइ यो एउटा शिकाइको महत्वपुर्ण अवसर पनि सावित भएको छ’, छलफलमा अभ्यस्त दिव्यभुमि कलेजका स्नातक तह तेस्रो बर्षका विद्यार्थी श्रीकृष्ण थापाले भने । अर्का विद्यार्थि चेतना कुंवरको बुझाइमा पनि यो एउटा ‘चियर एण्ड शेयर’को अवसर हो । त्यहां उनीहरुले थारु संग्रहालयको अवलोकन गरे । थारु पहिरनमा फोटो शेसन गरे अनि गरगहनामा पनि सजिए । ‘सांझमा थारु सांस्कृतिक कार्यक्रमसंगै क्याम्प फायरको अवसरले पनि हाम्रो सोसल इस्टडिजको प्रयोगात्मक अभ्यासलाइ फेन्टास्टीक बनाइदिएको छ’, अर्का विद्यार्थि किरण खतीवडाको अभिव्यक्ति हो यो ।

शोशल एक्सचेन्जको यो क्षण सिकाइसंगै मनोरन्जनात्मक बनेको सो क्याम्पसका सहायक प्राचार्य पियुश श्रेष्ठले बताए । ‘विद्यार्थीहरुको राइट टु च्वाइस अन्तर्गतदाङलाइ यो बर्ष अध्ययनको थलो बनाएका थियौं, यो बसाइ सार्थक रहेको छ’—सहायक प्राचार्य श्रेष्ठ भन्छन्, अघिल्लो बर्षको प्राक्टिकल सिराहाको मुसहर बस्तीमा भएको थियो, त्यो भन्दा रमणिय दाङ सावित भएको छ । उनीहरुले पश्चिम दाङको पुरन्धारा छहरादेखि धारपानीको पाण्डवेश्वर धामको समेत अध्ययन गर्न भ्याए । साथै उनीहरुले मुक्त कमैया बस्तीमा मुक्त कमैयाहरुको जिवन भोगाइका विषयमा जानकारी लिए । मुक्त कम्लरीको भोगाइका विषयमा स्थलगत अध्ययन गर्न भ्याए । अनि दाङका विभिन्न स्थानमा रहेका वाल क्लवका सदस्यहरुलाइ भेटेर वाल अधिकारका विषयमा पनि अनुभव र अनुभुतिहरु आदानप्रदान गरेका थिए ।

बुद्धभुमि कलेजका विद्यार्थीहरु खास गरी थारु भुमि बुझ्न दाङ रोजेको स्वयम विद्यार्थीहरुले बताएका छन् । त्यसमा केहि विद्यार्थीहरुले पत्रकारीताका विषयमा पनि जिज्ञासा राखेका थिए । २० पुर्णाङकको पत्रकारीता विषय लिएका उनीहरुले कलेज फर्केर आफ्नो बुलेटिनमा दाङ पनि लेख्ने छन् । ‘यहांको वहुभाषिक, वहुसांस्कृतिक संस्कृति एवं पर्यटन र भुगोलका विषयमा पनि लेख्ने जमर्को गर्ने छौं’—पत्रकारीता अध्ययन गर्ने विद्यार्थी चेतना कुंवरले भनिन्, लेखेका सामाग्रिहरु सामाजिक सन्जालमा समेत राख्ने छु ।’ तीन दिनको बसाइ चखौरा होमस्टेमा विताएका ती विद्यार्थीहरुले चखौरा होमस्टे सन्चालक परीवारलाइ मायांको चिनो समेत प्रदान गरेका थिए । विदाइका क्रममा भनेका थिए, ‘हामी फेरी एक पटक यहां आउने छौं ।’ उनीहरुका साथमा दुइ जना नर्वेजियन महिला विद्यार्थीहरु पनि इन्टर्नका क्रममा दाङ आएका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *