२०८१ माघ २६ गते शनिवार

भेटनरीमा लैजाने भन्दै गोरु तस्करी गरेको आशंका

शिवु खनाल,
देउखुरी, चैत्र ५ । दाङमा गोरु तस्करहरुले नयाँ जुक्ति निकालेर गोरु तस्कर गर्न थालेको रहस्य तथ्य सार्वजनिक भएको छ । दाङको धर्नाबाट घोराही–लमही सडक खण्ड हुदैँ रा ८ ख ४६३९ नम्बरको ट्रकमा १५ वटा गोरुलाई भेटनरीमा लैजाने भन्दै राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुरमा पुर्याइएको तथ्य फेला परेको छ ।

घोराही लमही सडक खण्ड वनको बीचमा गाडी रोकेर तिर्पाल लगाउन लागे पछि गोरु तस्करले नयाँ जुक्ति निकालेर तस्कर थालेको रहस्य पत्ता लागेको हो । ट्रक चालक दयाराम नेपालीले धर्नावाट गोरु लोड गरेर ल्याइएको बताए । उनले आफुलाई केही थाहाँ नभएको र पारिश्रमिक अनुसार आफुले भनेको स्थान भगवानपुरमा गोरु लगिदिने जानकारी दिए ।

लमही नगरपालिका वडा नम्बर ८ असानी, बेलन डाँडा, अर्नहवा, राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुर र जुरौनी हुदै वनको भित्री बाटो बाट नेपाल र भारतको नाका बाट झापा हुदैँ तेस्रो मुलुक बङ्लादेश गोरु पुर्याउने गरिएको हल्ला व्याप्त बन्दै आएको छ । गरिवलाई प्रलोभन देखाई गोरुको तस्करी हुँदै आएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *