२०८३ बैशाख १६ गते बुधवार

राप्ती बबई क्याम्पसमा नेबिसंघको ईकाइ समिती गठन,सभापतिमा बस्नेत चयन

तुलसीपुर,माघ १९ । राप्ती बबई क्याम्पस तुलसीपुरमा नेपाल विद्यार्थी संघको इकाईको कार्य समिति गठन गरिएको छ ।

नेपाल विद्यार्थी संघका दाङ जिल्ला अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण लहरेको प्रमुख आतिथ्यतामा भएको भेलाले भिमार्जुन बस्नेतको सभापतिमा नयाँ कार्य समिति चयन गरेको हो ।

त्यस्तै समितिको उपसभापतिमा शिक्षा नेपाली, नविन खड्का, तुफान ओली, अभिशेक कुसुण्डा, समिर खान र सुदीप नेपाली चयन भएका छन् ।

त्यस्तै सचिवमा डायमण्ड गिरी, सह-सचिवमा झरना सुनार र निश्चल बिष्ट र कोषाध्यक्षमा निरा लामिछाने तथा प्रवक्तामा टोपबहादुर ओली चयन भएका छन् ।

ईकाईका सदस्यहरु भने पछि चयन गर्ने निर्णय भेलाले गरेको छ ।

बसन्त बस्नेतले स्वागत गरेको भेलामा बिशिष्ट अतिथिहरु कांग्रेस जिल्ला सदस्य घनश्याम भण्डारी, पूर्व स्ववियु सभापति अनिल कार्कि, क्याम्पस ईकाईका पूर्व सभापति रोहित न्यौपाने लगाएतले आ-आफ्नो धारणा राखेका थिए ।

भेलाको सहजीकरण नेबिसघका नेता बिदुर गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *