२०८१ चैत्र १३ गते बुधवार

इच्छा विपरीत होली नखेल्न प्रहरीको आग्रह


दाङ, चैत ५ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले कसैको इच्छा विपरीत होली नखेल्न, नदल्न सबैलाई आग्रह गरेको छ । मंगलबार इप्रकामा आयोजित पत्रकार भेटघाटमा प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले होलीका नाममा जबरजस्ती गर्ने जो कोही पनि कारवाहीको भागिदार हुने बताए ।

त्यस्तै उनले ट्राफिक प्रहरीको नियम विपरीत बाटो जाम गर्ने, चको स्वरमा हो हल्ला तथा म्युजिक सिस्टम घन्काउनेजस्ता कार्य नगर्न खबरदारी गरेका छन् । आपसमा प्रेम, सद्भाव र भाइचारा बाँड्दै अविरले मात्रै होली खेल्न इप्रका प्रमुख शाहीले आग्रह गरेका छन् । त्यस विपरीतका गतिविधि गरेको पाइएमा दण्डित हुनुपर्ने हुँदा मर्यादित भएर होली खेल्न प्रहरीले आग्रह गरेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सल्यानले पनि सभ्य तरिकाले होली खेल्न आग्रह गरेको छ ।

हेर्नुहोस्ः होली बारे जिल्ला प्रहरी कार्यालय सल्यानको अपिल यस्तो छ ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *