२०७७ कार्तिक ५ गते बुधवार

टोल विकास संस्थाद्वारा क्यान्सर पीडितलाई सहयोग

यमकला भुसाल
दाङ, ५ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ प्रसेनी निवासी ब्लड क्यान्सर पीडित धनराम केसीको उपचारका लागि सुन्दर बस्ती टोल विकास संस्थाले आर्थिक रकम सहयोग गरेको छ ।

मगंलबार पीडित केसीको घरमा गई टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर जिसीलगायतको टोलीले २० वर्षीय केसीको उपचारमा सहयोग पुगोस् भनी ६६ हजार नौ सय ८५ रुपैयाँ आर्थिक रकम हस्तान्तरण गरेको हो ।

गत मसिंर महिनादेखि ब्लड क्यान्सर पीडित भएका केसीको हाल भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको पीडितका बुबा परशुराम केसीले जानकारी दिए ।

छोराको उपचारका लागि अहिलेसम्म २१ लाख भारतीय रकम खर्च गरिसक्यौ, अझै ५० लाख आइसीभन्दा धेरै रकम लाग्ने डाक्टरको भनाई छ, उनले भने । उनले छोराको उपचारका लागि आर्थिक रकम अभाव भएकाले सहयोगका लागी अपिलसमेत गरेका छन् ।

साथै पीडित केसीको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिले नेपाल एसबिआइ बैंक लिमिटेड घोराहीको खाता नम्बर २०६१५२४०७००५७६, एभरेष्ट बैंकं लिमिटेड तुलसीपुरको खाता नम्बर ०३३००५१८२००२२३ एवं ९८४७८५२९७५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । ब्लड क्यान्सर पीडित धनराम केसी काठमाडाँैमा बसेर अध्ययन गर्दै गरिरहेका थिए ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *