२०७७ कार्तिक ८ गते शनिवार

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ, चैत ४ ।
दाङमा भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी बसका सहचालकको मृत्यु भएको छ । रुण्टी गाउँपालिका वडा नम्बर ७ रोल्पा बस्ने २२ वर्षिय बसका सहचालक हर्कबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो ।

रोल्पाबाट दाङतर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्वरको यात्रुबाहक बस घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रेकुने दहभन्दा एक किलोमिटर उत्तरमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डे अनुसार बसमा कुल ३४ यात्रु रहेको थिए ।

साढे ३ बजेतिर भएको दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार जारी रहेको तथा त्यसमध्ये अधिकांशलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको लागि ल्याइ सकिएको एसपी पाण्डेले जानकारी दिए । गम्भीर घाइते भएकाहरुलाई रेफर गर्ने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *