दाङ, चैत ३ । संघीयता कार्यान्वयनका लागि स्थानीय तहले गरेका गतिविधिहरुलाई जनतासम्म पु¥याउने उद्देश्यले नेपाल प्रेस युनियन दाङ शाखाको स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गर्ने भएको छ । प्रेस युनियन दाङ शाखाको शनिवार लमहीमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि गरेका गतिविधिका बारेमा स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गर्ने निर्णय गरेको प्रेस युनियन दाङ शाखा सचिव आरके शितलले जानकारी दिए । प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रेस युनियन दाङ शाखामा स्थापना गरिएको राहत कोष सञ्चालनका लागि कार्यविधि निर्माण गर्ने निर्णयपनि गरेको छ । त्यो कार्यविधि निर्माणका लागि युनियन दाङ शाखा उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । जसको सदस्यमा सपना बोहरा र लिलाधर वली रहेका छन ।